TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 20, 2025 · Swadesh

नेपोलीको प्रतिद्वन्द्वी बोलोग्ना

नेपोलीको प्रतिद्वन्द्वी बोलोग्ना

साउदी अरेबियाको रियादमा भइरहेको इटालिन सुपरकपको फाइनलमा नेपोली र बोलोग्ना भिड्ने भएका छन् । प्रतियोगिताको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बोलोग्नाले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो ।


कुल चार टिम सम्मिलित प्रतियोगिताको फाइनल सोमबार हुनेछ । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेपछि टाइब्रेकरमा गएको थियो र त्यसमा किरो इमोबाइलले निर्णायक गोल गरे ।


इन्टरले खेलको दोस्रो मिनेटमा मार्कस थुरामको गोलले अग्रता लिएको थियो । इटालियन कप च्याम्पियन रिकार्डो ओसोलिनीले पहिलो हाफको ३५ औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काए । नेपोलीले पहिलो सेमिफाइनलमा एसी मिलानलाई हराएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →