← समाचारमा फर्कनुस्
Football Dec 08, 2025 · Swadesh

एक अंकको अग्रतामा नेपोली अगाडि

एक अंकको अग्रतामा नेपोली अगाडि

नेपोलीले इटालीको सिरी ए को शीर्षमा आइतबार एक अंकको अग्रता खोलेको छ र यसका लागि उसले युभेन्ट्सविरुद्धको महत्त्वपूर्ण खेल २–१ ले जितेको हो ।


उसका लागि दुवै गोल रसमन होजल्यान्डले गरे । यी गोल सात र ७८ औं मिनेटमा सम्भव भएका हुन् । त्यसबीच येनन यिडिजले ५९ औं मिनेटमा युभेन्ट्सका लागि एक गोल फर्काए ।


यो जितपछि नेपोलीको १४ खेलबाट ३१ अंक भएको छ । यो दोस्रोमा रहेको इन्टर मिलानमाथि एक अंकको अग्रता हो । उपाधि होडमा रहेको एएस रोमा भने कागिलिरीसँग १–० पराजित रह्यो र २७ अंकमै सीमित रह्यो ।


कागलिरीका लागि एक माब गोल जियानलुका गानाटोले ५२ औं मिनेटमा गरका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →