← समाचारमा फर्कनुस्
नेपोलीलाई हराएर मिलान शीर्षमा

एसी मिलानले आइतबार इटालीको सिरी ए मा नेपोलीलाई २–१ ले हराएर शीर्ष स्थानमा उक्लेको छ । यो जितपछि मिलानको पाँच खेलबाट १२ अंक भएको छ । डिफेन्डिङ च्याम्पियन नेपोली भने १२ अंकमै दोस्रो स्थानमा झरेको छ ।
सानसिरोमा भएको खेलमा मिलानका लागि एलेक्स सिलेमेकर्स तथा क्रिस्टियान पुलिसिचले पहिलो हाफमा गोल गरे । नेपोलीका तर्फबाट तर्फबाट केभिन डे ब्रुएनाले ६० औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए ।
आइतबारको अर्को खेलमा एएस रोमा हेलास भेरोनालाई २–० ले हरायो र तेस्रो स्थानमा उक्लियो । उसको पनि १२ अंक रहेका छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |