← समाचारमा फर्कनुस्
Football Dec 01, 2025 · Swadesh

नेपोली मिलानलाई पछ्याउँदै

नेपोली मिलानलाई पछ्याउँदै

नेपोलीले इटालीको सिरी ए मा शीर्षमा रहेको एसी मिलानलाई पछ्याउने क्रममा आइतबार एएस रोमालाई १–० ले पराजित गरेको छ । खेलको एक मात्र गोल ब्राजिली खेलाडी डाविभ नेरेसले पहिलो हाफको अन्त्यतिर गरे ।


यो जितपछि नेपोलीको १३ खेलबाट २८ अंक भएको छ । मिलान उत्तिकै अंकमा गोल अन्तरले शीर्षमा छ । इन्टर मिलान २७ अंकमा तेस्रोमा छ भने पराजित रोमा भने २७ अंकमा चौथोमा रह्यो ।


इन्टरले अर्को खेलमा पिसालाई २–० ले हराएको हो । त्यसमा दुवै गोल लउतारो मार्टिनेजले ६९ र ८३ औं मिनेटमा गरे । अन्य खेलमा लेसले टुरिनोलाई २–१ र एटलान्टाले फियोरेन्टिनालाई २–० ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →