← समाचारमा फर्कनुस्
नेपोली फेरि शीर्षमा

डिफेन्डिङ च्याम्पियन नेपोलीले आइतबार जेनेआलाई २–१ ले हराएर इटालीको सिरी ‘ए’ मा फेरि शीर्ष स्थानमा उक्लेको छ । त्यसमा रसमस होजलन्डले निर्णायक गोल गरे ।
जेनोआले नेपल्समा जेफ इख्टरको गोलले ३३ औं अग्रता लिएको थियो तर त्यसलाई दोस्रो हाफमा गुमाएको थियो । आन्द्रे फ्रान्कले नेपोलीका लागि ५७ औं मिनेटमा बराबरी गोल फर्काए । होजलन्डले ७५ औं मिनेटमा निर्णायक गोल गरे ।
युभेन्ट्स र एसी मिलानले अर्को खेलमा गोलरहित बराबरीमा चित्त बुझाए । नेपोली १५ अंकमा रहेको छ र गोल अन्तरले अगाडि रहेको हो । रोमाको १५ अंकमा दोस्रो, मिलानको १३ अंकमा तेस्रो र इन्टर मिलानको १२ अंकमा चौथोमा छ । युभेन्ट्स १२ अंकमै पाँचौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |