TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 19, 2025 · Swadesh

नेपोलीसामु सुपरकप जित्ने अवसर

नेपोलीसामु सुपरकप जित्ने अवसर

नेपोलीले एसी मिलानलाई २–० ले पराजित गर्दै इटालियन सुपरकपको फाइनलमा स्थान बनाएको छ । अब सोमबार हुने फाइनलमा उसले बोलोग्ना र इन्टर मिलानबीचको खेलका विजेताको सामना गर्नेछ ।


दोस्रो सेमिफाइनलमा शुक्रबार बोलोग्ना र इन्टर भिड्दै छन् । साउदी अरेबियाको रियादस्थित किंग साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा नेपोलीका लागि डाभिड नेरेस र रसमस होजल्यान्डले गोल गरे ।


सन् २०१४ यता नेपोलीले तेस्रो पल्ट उपाधि इटालियन सुपरकप जित्न सक्नेछ । इटालीको सिरी ए मा नेपोली पछिल्लो पटक युडिनेजीसँग पराजित भएको थियो र यससँगै अंक तालिकमा तेस्रो स्थानमा झरेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →