← समाचारमा फर्कनुस्
Football Nov 23, 2025 · Swadesh

नेपोली उपाधि होडमा कायम

नेपोली उपाधि होडमा कायम

डिफेन्डिङ च्याम्पियन नेपोलीले इटालीको सिरी ए मा आफ्नो उपाधि चुनौती शनिबार पनि कायम राखेको छ र यसका लागि उसले एटलान्टालाई आफ्नो घरमा भएको खेलमा ३–१ ले हरायो ।


त्यसमा डेविड नेरेसले दुई गोल गरे र यी दुवै गोल पहिलो हाफमा भएको थियो । अर्को गोल भने नोआ लाङको नाममा रह्यो । यो जितपछि नेपोलीको २५ अंक भएको छ र यो शीर्षमा एकै अंकको मात्र अग्रता हो ।


इन्टर मिलान, बोलोग्ना र एएस रोमा तीनै टिम समान २४ अंकमा शीर्ष चार भित्र रहेका छन् । शनिबारका अन्य खेलमा बोलोग्नाले युडिनेजीलाई ३–० ले हरायो ।


यस्तै फ्लोरिन्टना र युभेन्ट्सले १–१ को बराबरी खेले । युभेन्ट्स २० अंकमा छैटौं स्थानमा छ र लगातारको कमजोर प्रदर्शनले टुरिन क्लब उपाधि होडबाट लगभग बाहिरिसकेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →