← समाचारमा फर्कनुस्
Volleyball Jul 16, 2026 · Swadesh

एनभीएलको ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर

एनभीएलको ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर

केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ब्रोडकास्टिङ पार्टनरका रुपमा कान्तिपुर टेलिभिजनलाई अनुबन्ध गरेको   छ ।

नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा कान्तिपुर टेलिभिजनका मार्केटिङ म्यानेजर अनुपम अधिकारी, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र एनभीएलका सीओओ विकास खेतानको पनि उपस्थिति रहेको थियो।

सम्झौतासंगै अब नेपाल भलिबल लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ । नेपाल भलिबल लिगको चरणबद्ध तयारीलाई अगाडि बढाउने क्रममा खेलस्थलमै आएर खेल हेर्न असमर्थ दर्शकलाई मध्यजनर गरी प्रत्यक्ष प्रशारणका लागि कान्तिपुर टेलिभिजनसंग सम्झौता गरेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार यो सम्झौताले नेपालीे भलिबलको विकास र विस्तारमा सहयोग पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भलिबलको पहिचानलाई अझ फैलाउन मद्दत पुग्ने विश्वास लिएको बताइएको छ ।

यसअघि एनभीएलको पहिलो संसकरणमा सहभागी हुने ६ फ्रेन्नचाइज टोली, टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेको छ । त्यस्तै टिकेटिङ पार्टनरमा आईएमइ खल्ती लिमिटेडसंग सम्झौता गरेको थियो ।

एनभीएलमा सहभागी हुने टिमहरुमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →