← समाचारमा फर्कनुस्
Football Feb 22, 2025 · Swadesh

आठ खेलाडी सर्वाधिक मूल्यमा बिक्री

आठ खेलाडी सर्वाधिक मूल्यमा बिक्री

काठमाडौं। नेपाली फुटबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग एनएसएलको तेस्रो संस्करणका लागि शनिबार मिनी अक्सन सम्पन्न भएको छ।

अक्सनमा आठ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन्। ललितपुरमा भएको अक्सनमा यी आठ खेलाडी चार लाख रुपैयाँमा बिक्री भएका हुन्। 

विभागीय टोली एपिएफबाट घरेलु फुटबल खेल्दै आएका मिडफिल्डर मणिकुमार लामा सर्वाधिक मूल्यमा बिक्री हुने पहिलो खेलाडी बने। उनलाई साबिक विजेता ललितपुर सिटी र एफसी चितवनले अन्तिमसम्म बोली लगाएका हुन्। ‘ए’ क्याटोगोरीमा रहेका उनको न्यूनतम मुख्य दुई लाख थियो। तर, चार लाखसम्म जाँदा पनि कुनै टोलीले नछाडेपछि लक्की ‘ड्र’ गरिएको थियो। त्यसमा ललितपुरले बाजी मार्‍यो। योसँगै उनी बुटवल लुम्बिनी एफसी छाडेर ललितपुर आउने  पक्का भएको छ।

उनीबाहेक अभिषेक लिम्बू, सुमित श्रेष्ठ, पासाङ लामा, आशिष् गुरुङ, दिनेश हेम्जन, जेलेस्पीजंघ कार्की र सन्तोष कार्की पनि जनही चार लाखमा बिकेका हुन्। यी सबै ‘ए’  क्याटोगोरीका खेलाडी हुन्। 

तर, सोही क्याटोगोरीमा रहेका फरवार्डद्वय भरत खवास तथा नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथु भने बिक्री हुन सकेनन्। यी तीन खेलाडी त्रिभुवन आर्मी क्लबसँग आबद्ध छन्। भरत र विकेशले अघिल्लो संस्करण इलाम र नवयुग भने पोखरा थन्डर्समा थिए। तर, बिड र विस दुवैबाट कुनै टोलीले यी खेलाडीलाई भित्र्याउन चाहेनन्।

अनुभवी खेलाडी बिक्री नहुँदा युवा खेलाडीलाई बोली लगाउन सात फ्रेन्चाइजी टोलीको हानथाप भएको थियो। सोही अनुसार डिफेन्डर अभिषेक र मिडफिल्ड सुमितलाई चितवनले लक्की ड्रमार्फत आफ्नो टोलीमा भित्र्यायो। अभिषेकले यसअघि बुटवलबाट एनएसएल खेलेका थिए। सुमितले भने न्युरोड टिम (एनआरटी) बाट खेल्दै आएका छन्। लेफ्ट ब्याक पासाङ भने लुम्बिनीबाट धनगढी एफसी पुगे। सेन्ट्रल ब्याक आशिष् भने इलामबाट झापा एफसी पुगे। यसपल्ट इलामले एनएसएल खेल्ने छैन। 

मिडफिल्डर दिनेश र सेन्ट्रल फरवार्ड जेलेस्पी पनि अधिकतम मूल्यमा काठमाडौं रेजर्स पुगे। पहिलो संस्करणको विजेता काठमाडौंले यी दुई खेलाडीलाई ‘ड्र’मार्फत नै आफ्नो टोलीमा भित्र्याएको हो। दिनेश अघिल्लो संस्करण ललितपुर र जेलेस्पी लुम्बिनीमा थिए।

उपाधि रक्षा गर्ने दाउमा रहेको ललितपुरले पनि आठ लाख खर्चिएर दुई खेलाडी भित्र्यायो। ललितपुरले मणिसँगै सन्तोषलाई पनि अधिकतम रकम खर्चिएको हो। डिफेन्सिभ मिडफिल्डर सन्तोष यसअघि इलाममा थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →