← समाचारमा फर्कनुस्
Football Jun 17, 2025 · Swadesh

मैत्रीपूर्ण खेलमा एनएसजेएफ पराजित

मैत्रीपूर्ण खेलमा एनएसजेएफ पराजित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई पराजित गरेको छ

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार सम्पन्न खेलमा एन्फा १०-२ ले विजयी भएको हो।

एन्फालाई जित दिलाउन महासचिव किरण राई र केन्द्रीय सदस्य टिका लामाले ह्याट्रिक पूरा गरे। केन्द्रीय सदस्य पंकज शाही, विनोद डंगोल, जयोज नरसिंह श्रेष्ठ र राजेश शाहीले समान एक गोल थपे। एनएसजेएफका अनिश श्रेष्ठ र कार्यसमिति सदस्य अभिनव जोशीले गोल फर्काए।

एन्फाको टोलीबाट अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय महिला फुटबल टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङ, एन्फा एकेडेमी प्रमुख नवीन न्यौपानेलगायतका पदाधिकारी र पूर्व खेलाडीले खेलेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →