रिपोर्टर राइनोज एनएसजेएफ कप च्याम्पियन

काठमाडौं, माघ १० । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ।
नखिपोटस्थिट फुटसल भिजेलमा बिहीबार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो। सबै गोल टिमका मार्की अभिनव जोशी एक्लैले गरे।
चार टिम प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, हेडलाइन र बाइलाइन ब्यान्डिजले समान २ खेल जितेका थिए।
बाइलाइनलाई गोलअन्तरमा उछिन्दै सुवास हुमागाईं मार्की रहेको हेडलाइनले फाइनल पक्का गरेको थियो।
रिपोर्टरले लिग चरणमा पनि हेडलाइनलाई ५–२ ले हराएको थियो। अन्तिम लिग खेलमा बाइलाइनसँग हारे पनि रिपोर्टर पुगेको हो। फिचर फ्यान्टमसले तीनै खेलमा पराजय भोगेको थियो।
अभिनव कुल ११ गोल गर्दै उत्कृष्ट खेलाडी बने। इमर्जिङ प्लेयरमा शिशिर बस्नेत र उत्कृष्ट गोलरक्षकमा हेडलाइनका सुजल थापा चुनिए। विजेता टिम तथा खेलाडीलाई एन्फाका प्रवक्ता सुरेश शाह र फुटसल भिजेलका प्रोप्राइटरका थमन भुसालले ट्रफी प्रदान गरेका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |