TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 30, 2026 · Swadesh

टाइब्रेकरमा मोरक्कोद्वारा नेदरल्यान्ड्स पराजित

टाइब्रेकरमा मोरक्कोद्वारा नेदरल्यान्ड्स पराजित

मोरक्कोले टाइब्रेकरमा नेदरल्यान्ड्समाथि ३–२ को नाटकीय जित रच्दै मंगलबार विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ । इस्माइल सइबारीले पाँचौं तथा अन्तिम पेनाल्टीमा गोल गरेपछि मोरक्कोले नाटकीय जित आत्मसात् गरेको हो ।

मोरक्कोका लागि सोफिन रहिमी र चेमसडिन टालबीले पनि पेनाल्टीमा गोल गरे । नेदरल्यान्ड्सतर्फबाट भने टेउन कोपमेनेर्स र वुट वेघार्स्टले मात्र गोल गरे । यससँगै तीन पल्टको उप विजेता नेदरल्यान्ड्सको  प्रतियोगितामा चुनौती सकिएको छ ।

यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा समाप्त भएको थियो । खेलको ३२ औं मिनेटमा कोडी गाक्पोले नेदरल्यान्ड्सका लागि पहिलो गोल गरे । उनले वुट वेघार्स्टले निकालेको बहादुरीपूर्ण पासलाई गोलमा परिणत गरेका हुन् ।

दोस्रो हाफको इन्ज्युरी समय इसा डिओपले मोरक्कोका लागि बराबरी गोल फर्काउन सफलरहे । चेमसडिन टालबीले निकालेको पासलाई उनले शक्तिशाली हेडरको मदतले पोस्टको दिशा दिए । त्यसको अतिरिक्त समयमा थप गोल हुन सकेन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group E
1 Germany 3 6
2 Ivory Coast 3 6
3 Ecuador 3 4
4 Curaçao 3 1
सबै समूह →