← समाचारमा फर्कनुस्
Football Jun 18, 2025 · Swadesh

मोन्टेरी र मिलान बराबरीमा रोकिए

मोन्टेरी र मिलान बराबरीमा रोकिए

काठमाडौँ । फिफा क्लब विश्वकप अन्तर्गत इटालियन क्लब इन्टर मिलान मेक्सिकन क्लब मोन्टेरीसँग बराबरीमा रोकिएको छ।

बुधबार बिहान सम्पन्न समुह इ अन्तर्गतको खेलमा मिलान र मोन्टेरी १-१ गोलको बराबरीमा रोकिएका हुन्।

मोन्टेरीका लागि सर्जियो रामोसले खेलको २५औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ४२औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानका लागि बराबरी गोल गरे।

यसअघि यसै समुहको अर्को खेलमा रिभर प्लेटले उर्वा रेड्सलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।

समुह 'इ' मा रिभर प्लेटको ३ अंक भएको छ भने इन्टर मिलान र मोन्टेरीको एक एक अंक भएको छ। त्यस्तै उर्वा रेडस अंक विहिन रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →