← समाचारमा फर्कनुस्
सलाहले जिते पुरुष वर्ष खेलाडी अवार्ड

लिभरपुलका मोहमद सलाहले मंगलबार व्यवसायिक फुटबल खेलाडी संघ (पीएफए) को पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । एस्टन भिल्लाका मिडफिल्डर मोर्गन रोजर्स वर्षका युवा खेलाडी चुनिए ।
गत सिजन लिभरपुलले इंग्लिस प्रिमियर लिग उपाधि जित्दा ३३ वर्षीय सलाहले महत्त्वपूर्ण भूमिका खेलेका थिए । यस क्रममा उनले २९ गोल गर्दै १८ गोलमा सहयोगी भूमिका समेत निभाएका थिए ।
इजिप्टको सलाहले तीन पल्ट यो अवार्ड जित्ने पहिलो खेलाडी पनि भएका छन् । उनले यसअघि सन् २०१८ र २०२२ मा पनि यो अवार्ड जितेका थिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |