← समाचारमा फर्कनुस्
मिलानको जितमा लिओको निर्णायक गोल

राफेल लिओले दोस्रो हाफको सुरुमा गरेको निर्णायक गोलको मदतले एसी मिलानले इटालीको सिरी ए मा शनिबार लाजियोलाई १–० ले हराएको छ । सानसिरोमा लिओले ५१ औं मिनेटमा एक मात्र गोल गरे ।
यो जितपछि मिलानको १३ खेलबाट २८ अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ । तर उनको यो अग्रता एकै दिनका लागि मात्र हुन सक्नेछ ।
उसको पछाडि एएस रोमाको २७, नेपोलीको २५ र इन्टर मिलानको २४ अंक छ । उनीहरूसामु मिलानमाथि चुनौती थप्ने अवसर हुनेछ ।
शनिबार युभेन्ट्सले कागलिरीलाई २–१ ले हराएयो र१३ खेलबाट २३ अंकसहित सातौं स्थानमा रह्यो । अन्य खेलमा युडिनेजीले पार्मालाई २–० र जेनोआले हेलास भेरोनालाई २–१ ले पराजित गर्न सफल रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |