← समाचारमा फर्कनुस्
पोर्टोविरुद्ध मियामीको जित

काठमाडौँ। फिफा क्लब विश्वकपमा पोर्चुगलको क्लब पोर्टोविरुद्ध इन्टर मियामीले जित हासिल गरेको छ।
बिहिवार राति भएको खेलमा मियामीले पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
१-० गोलले पछि परेको इन्टर मियामीले खेलमा पुनरागमन गर्दै जित हासिल गर्यो।
पोर्टोले सामु अघेहोवाको पेनाल्टी गोलसँगै खेलको आठौँ मिनेटमा सुरुआती अग्रता लिएको थियो तर, मियामीले खेलको ४७औँ मिनेटमा टेलास्को सेगोभिया र ५४औँ मिनेटमा लियोनेल मेस्सीको गोलमा २-१ को अग्रता लिँदै खेल जितेको थियो।
यो जितसँगै समुह ए मा रहेको मियामीको २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा छ। यस समुहमा ब्राजिलियन क्लब पाल्मेइराज २ खेलमा ४ अंकसहित नै शीर्ष स्थानमा रहेको छ। त्यस्तै पोर्टो र अल अहलीको २/२ खेलमा १/१ अंकसहित तेस्रो र चौथो स्थानमा छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |