← समाचारमा फर्कनुस्
क्लब विश्वकप : मियामी र अल अहली बराबरीमा रोकिए

काठमाडौं । अमेरिकी क्लब इन्टर मियामी र इजिप्टियन क्लब अल अहलीले फिफा क्लब विश्वकपमा गोलरहित बराबरी खेलेका छन्।
अमेरिकाको मियामीस्थित हार्ड रक रंगशालामा सम्पन्न उद्घाटन खेलमा घरेलु टोली मियामी गोलरहित बराबरीमा रोकिएको हो।
खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन्।
यो बराबरीसँगै समूह 'ए' का दुबै टोलीले पहिलो खेलबाट एक एक अंक जोडेका छन्।
मियामीले अर्को खेल १९ जुनमा पोर्चुगिज क्लब पोर्टोविरुद्ध खेल्नेछ भने। सोही दिन अल अहलीको भेट पाल्मेइराससँग हुनेछ।
फिफा क्लब विश्वकपको नयाँ स्वरुपमा ३२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |