← समाचारमा फर्कनुस्
खुमलटनरमाथि मच्छिन्द्रको जित

काठमाडौं । एन्फा यू–१६ युथ लिगमा मच्छिन्द्र फुटबल क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा विहिवार भएको पहिलो खेलमा मच्छिन्द्रले खुमलटारलाई २–० ले पराजित गरेको हो।
मच्छिन्द्रको जितमा हिमाल थिङ र सौगात कुमार बमजनले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल मच्छिन्द्रले दोस्रो हाफको हो।
खेलको ८२औं मिनेटमा हिमाल थीङले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको २ मिनेटपछि सौगातले गोल गरेपछि मच्छिन्द्रले २-० को जित हासिल गर्यो।
जारी लिगमा मच्छिन्द्रको यो लगातार दोस्रो जित हो। जितसँगै मच्छिन्द्रले ६ अंक जोडेको छ। मच्छिन्द्रले यसअघि हिमालयन शेर्पा क्लबलाई ५–० गोल अन्तरले पराजित गरेको थियो । यता, खुमलटारको भने यसअघि संकटा क्लबसँग पराजित भएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |