← समाचारमा फर्कनुस्
Football Jul 01, 2026 · Swadesh

उत्कृष्ट लय कायम राख्दै मेक्सिको अन्तिम १६ मा

उत्कृष्ट लय कायम राख्दै मेक्सिको अन्तिम १६ मा

मेक्सिकोले आफ्नो उत्कृष्ट लय कायम राख्दै बुधबार इक्वेडरलाई २–० ले पराजित गरेको छ र प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । दस खेलाडीमा सीमित इक्वडेरको प्रदर्शन भने कमजोर रह्यो र यससँगै दक्षिण अमेरिकी देश अब घर फर्किनेछ ।

सह आयोजक देशका लागि जुलियन क्विनोनेसले २२ औं मिनेटमा गोलको खाता खोले र यो शक्तिशाली सुन्दर प्रहारमा सम्भव भएको थियो । यससँगै अहिलेको विश्वकपमा उनको गोल संख्या तीन पुगेको छ । लगतै ३१ औं मिनेटमा अनुभवी खेलाडी राउल जिमिनेजले ३१ औं मिनेटमा दोस्रो गोल गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा पिएरो हिनक्यापले मेक्सिकोका खेलाडीसँग विवाद गर्ने क्रममा हातले मुख छापेका थिए र यसैक्रममा ‘भार’ को मदतले रातो कार्ड देखाइएको थियो । अब मेक्सिकोले अन्तिम १६ मा इंग्ल्यान्ड र डीआर कंगोबीच हुने खेलको विजेतालाई प्रतिद्वन्द्वी पाउने छ ।

खराव मौसमका कारण खेल भने निर्धारित समय भन्दा एक घण्टा ढिला सुरु भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →