← समाचारमा फर्कनुस्
Football Nov 09, 2025 · Swadesh

मेस्सी चम्किँदा मियामीको शानदार जित

मेस्सी चम्किँदा मियामीको शानदार जित

काठमाडौं। ३८ वर्षीय लिओनल मेस्सीले खेलमा आफ्नो जादू पुनः देखाएपछि इन्टर मियामीले शानदार जित हासिल गरेकाे छ। 


मियामीले शनिबार आफ्नै मैदानमा नेस्भिललाई ४–० ले हराउँदै प्लेअफ सिरिज २–१ ले जित्यो। योसँगै मेजर लिग सकर कप (एमएलएस) पोस्ट–सिजनको अर्को चरणमा प्रवेश गर्दै एफसी सिनसिनाटीसँगको भिडन्त तय गरेको छ।


मियामीका लागि मेस्सीले पहिलो हाफमै दुई गोल गर्दै इन्टर सहज अग्रता दिलाए। पहिलो गोल बक्स बाहिरबाट आफ्नै पहिचान बनेको सानदार फिनिशमार्फत र दोस्रो गोल पेनाल्टी क्षेत्रभित्र लो क्रसलाई फिनिश गरे। यससँगै उनको करिअरको गोल संख्या ८९४ पुगेको छ। ९०० गोलको कीर्तिमानभन्दा अब मात्र ६ गोल टाढा छ।


दोस्रो हाफमा जोर्डी आल्बाले तादेओ आलेन्देलाई पास दिएर तेस्रो गोल बनाउन सहयोग गरे भने अन्त्यमा आलेन्देलाई असिस्ट प्रदान गर्दै मेस्सीले चौथो गोलको सिर्जना गरे। त्यो असिस्ट उनको करिअरको ४००औं असिस्ट बनेको हो, जुन सक्रिय खेलाडीहरूमा दुर्लभ उपलब्धि मानिन्छ।


सन् २०२५ मा मेस्सीको फर्म अत्यन्त प्रभावशाली रहँदै आएको छ। ५० खेलमा ४४ गोल र २१ असिस्ट गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →