← समाचारमा फर्कनुस्
Football Jun 30, 2025 · Swadesh

मेस्सीको टिम इन्टर मियामी क्लब विश्वकपबाट बाहिरियाे

मेस्सीको टिम इन्टर मियामी क्लब विश्वकपबाट बाहिरियाे

काठमाडौं। लिओनल मेस्सी आवद्ध इन्टर मियामी क्लब विश्वकपकाे अन्तिम १६ बाट बाहिरिएको छ। 

एटलान्टामा भएको खेलमा मेस्सीको पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग ४–० को लज्जास्पद हार बेहोर्दै इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको हो।

खेलको पहिलो हाफमै पिएसजीले चार गोल गर्दै स्पष्ट जित दर्ता गर्‍यो। 

अनमार्क रहेका जोआओ नेभेसले छैठौं मिनेटमा हेडर गर्दै पहिलो गोल गरे। त्यसको आधा घण्टापछि टिमको उत्कृष्ट पासिङ मूभको अन्त्य गर्दै उनले नै दोस्रो गोल गरे। 

४४औं मिनेटमा इन्टर मियामीका थमस अविलेसले आफ्नै पोस्टमा गोल गरेपछि स्कोर ३–० भयो। पहिलो हाफको अन्त्यतिर अचार्फ हाकिमीले चौथो गोल गर्दै इन्टर मियामीको पुनरागमनको ढोका बन्द गरे।

अब पिएसजीले शनिबार हुने क्वार्टरफाइनलमा र बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →