मेसीको नेतृत्वमा अर्जेन्टिनी टिम घोषित

अपेक्षा अनुसार नै लियोनल मेसीको कप्तानीमा अर्जेन्टिनाले विश्वकप २०२६ खेल्ने भएको छ । प्रशिक्षक लियोनल स्कोलोनीले शुक्रबार २६ सदस्यीय टिम घोषणा गरेका छन् र अब मेसीले कीर्तिमान छैटौं पल्ट विश्वकप खेल्नेछन् ।
चार वर्ष अगाडि मेसीकै नेतृत्वमा अर्जेन्टिनाले विश्वकप जितेको थियो । घोषित टिमको गोलरक्षकमा इमिलिनो मार्टिनेज, जेरोनिमो रुली र जुवान मुसा परेका छन् ।
डिफेन्डरमा गोन्जालो मान्टेलो, नाहुल मोलिना, लिसान्ड्रो मार्टिनेज, निकोलस मोटमेन्डी, लियोनार्डो बालेर्डी, क्रिस्टयन रोमेरो, फकुन्डो मेडिना र निकोलस टागलिफिको रहेका छन् ।
यस्तै मिडफिल्डरको सूचीमा लियान्ड्रो पारेडेस, रोड्रिगो डे पउल, एक्सक्वेल पालाकोस, इन्जो फर्नान्डेज, एलेक्स म्याकएलिस्टर, जियोभानी लो सेल्सो र भ्यालेन्टिन बार्को छन् ।
फरवार्डमा मेसीसँगै, निकोलस पाज, थिएगो आल्मान्डा, निकोलस गोन्जालेज, जुलियन एल्भारेज, गुलिनो सिमो, लउतारो मार्टिनेज र जोसे म्यानुएल लोपेज रहेका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women