← समाचारमा फर्कनुस्
एम्बाप्पेको गोलमा रियल विजयी

काठमाडौँ । किलीयन एम्बाप्पेको दुई गोलसँगै रियल मड्रिडले स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ।
शनिबार राति सम्पन्न खेलमा रियले रियल सोसियडाडलाई २-० गोल अन्तरले पराजित गरेको थियो।
रियलको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरे। एम्बाप्पेले खेलको ३८औँ र ८३औँ मिनेटमा गरेका थिए।
योसँगै एम्बाप्पेले ला लिगाका ३३ खेलमा ३१ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन्। दोस्रो स्थानमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्की रहेका छन्, उनले २५ गोल गरेका छन्। रियलमा एम्बाप्पेले यस सिजनका सबै खेलमा ४३ गोल गरेका छन्।
रियलले ३८ खेलमा ८४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |