← समाचारमा फर्कनुस्
Football Aug 20, 2025 · Swadesh

एमबापेको गोलमा रियलको जित

एमबापेको गोलमा रियलको जित

केयलिन एमबापेले पेनाल्टीबाट गरेको निर्णायक गोलको मदतले रियल म्याड्रिडले मंगलबार ओसासुनालाई १–० ले पराजित गरेको छ । यससँगै रियलले नयाँ प्रशिक्षक ज्याभी एलोन्सोको नेतृत्वमा लिगको नयाँ सिजन विजयी सुरुआत पनि लिएको छ ।


गत सिजनको युरोपेली गोल्डेन बुट अवार्ड विजेता एमबापेले ५१ औं मिनेटमा गोल गरे । ओसासुना डिफेन्डर जुवान क्रुजले एमबापेलाई पेनाल्टी एरियामा लडाएपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । सन् २००८ यता रियल नयाँ सिजनको पहिलो लिग खेलमा अपराजित रहेको छ ।


क्रोएसियाका लुका मोडरिचलले छाडेयता खालि रहेको १० नम्बर जर्सि एमबापे लगाएर खेले । ओसासुनाविरुद्ध नै लिभरपुलबाट आएका एलेक्जान्डर आर्नोल्डले रियलका लागि डेब्यु गरेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →