एमबापे, केन र ग्रिजमनको गोल उपलब्धी

युरोपेली च्याम्पियन्स लिगको मंगलबार रातिका खेलमा रियल म्याड्रिडका लागि केयलिन एमबापे, बायर्न म्युनिकका लागि ह्यारी केन र एटलेटिको म्याड्रिडका लागि एन्टोन ग्रिजमनले व्यक्तिगत गोलको कीर्तिमान आत्मसात् गरेका छन् । एमबापेको ह्याट्रिकमा रियलले काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले हरायो ।
उनले २५, ५२ र ८३ औं मिनेटमा गोल गरे । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । बायर्नले पाफोसालाई ५–१ ले हरायो र त्यसमा केनले बायर्नका लागि दुई गोल गरे । उनले १५ र ३४ औं मिनेटमा गोल गरे ।
उनले जर्मन क्लबका लागि १ सय ५ गोलमा १ सय २ गोल गरिसकेका छन् । एटलेटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१ ले पराजित गर्यो र त्यसमा एन्टोन ग्रिजमनले पहिलो हाफको इन्ज्युरी समयमा एक गोल गरे । यससँगै उनले एटलेटिकोका लागि गरेको व्यक्तिगत गोल संख्या दुई समय पुगेको छ ।
अन्य खेलमा मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–०, चेल्सीले भने बेटफिकालाई १–० र एटलान्टाले क्लब ब्रुगलाई २–१ ले हरायो । बोडो/गिल्म्नटले भने टोटनहमसँग २–२ को बराबरी खेले भने लिभरपुल गालाटारोससँग १–० ले पराजित रह्यो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |