← समाचारमा फर्कनुस्
एमबापले गरे वर्षको ५९ औ गोल

केयलिन एमबापे र जुड बेलिंघमको एक एक गोलको मदतले रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा दस खेलाडीमा सीमित सेभियालाई २–० ले हराएको छ । बेलिंघमले ३८ औं मिनेटमा गोलको खाता खोले ।
त्यसपछि एमबापेले ८६ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे । यो उनको एक वर्षमा गरेको ५९ औं गोल रह्यो । यससँगै उनले सन् २०१३ मा क्रिस्टियानो रोनाल्डोले गरेको गोल संख्याको बराबरी गरेका छन् ।
यो जितपछि रियलको ४२ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको मात्र दूरी हो । अन्य खेलमा ओसासुनाले एलाभेसलाई ३–० ले पराजित गर्यो
यस्तै लेभान्टे र रियल सोसिडाडले १–१ र रियल ओभिएडो र सेल्टा भिगोले गोलरहित बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women