← समाचारमा फर्कनुस्
एम्बापे चम्किँदा रियल शीर्ष स्थानमा

काठमाडौँ । किलीयन एम्बाप्पेले दुई गोल गरेपछि स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ।
शनिबार राति सम्पन्न खेलमा रियलले भिल्लामाथि २-१ को जित हासिल गरेको हो।
१-० ले पछि परेको रियलले खेलमा पुनरागमन गर्दै जित हासिल गरेको थियो।
रियलका लागि एम्बाप्पेले दुवै गोल गर्दा भिल्लाका लागि जुआन फोयिथले गरे।
जितसँगै रियलको २८ खेलमा ६० अंक भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै दुई खेल कम खेलेको बार्सिलोनाको २६ खेलमा ५७ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ।
त्यस्तै भिल्ला रियलको २७ खेलमा ४४ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |