← समाचारमा फर्कनुस्
म्याट रसले दिए राजीनामा

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीमा मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्।
उनले तीन दिन अगाडि नै राजीनामा दिएका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले पनि राजीनामा दिएको पुष्टि गरे। ‘के कारण भनेर पछि खुलाउँला। तर, उहाँले राजीनामा दिइसक्नु भएको छ,’ उनले भने।
अस्ट्रेलियन प्रशिक्षक रस गत फागुनमा मात्रै मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। उनीसँग एन्फाले १ वर्षको सम्झौता गरेको थियो।
उनको प्रशिक्षणमा नेपालले ७ अन्तर्राष्ट्रिय खेल खेलेको थियो। जसमा एक मात्र जित हात परेको थियो भने २ बराबरी र ४ खेलमा हार बेहोरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |