नेपाल भलिबल लिगका ६ फ्रेन्चाइज टोलीका मार्की खेलाडी घोषणा

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) ले पहिलो संस्करणका लागि सहभागी हुने सबै ६ फ्रेन्चाइज टोलीका मार्की खेलाडी सार्वजनिक गरेको छ।
आयोजकले शुक्रबार प्रेस विज्ञप्तिमार्फत सगरमाथा स्म्यासर्सले हरिहजुर थापा, मधेश वारियर्सले रविन नगरकोटी, काठमाडौं रेड्सले सुनिल बोहरा, अन्नपूर्ण स्पाइकर किङ्सले हिमाल सुनारी, कर्णाली शिवराजले पहल गहतराज र खप्तड फाल्कन्सले धिरोज बस्नेतलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको जानकारी दिएको हो।
यसअघि प्रतियोगितामा सहभागी हुने ६ फ्रेन्चाइज टोली, टोलीका मालिक, लोगो, आधिकारिक नारा, मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षक सार्वजनिक गरिसकिएको आयोजकले जनाएको छ। यस्तै, टिकटिङ पार्टनरका रूपमा आईएमई खल्ती लिमिटेड र प्रसारण साझेदारका रूपमा कान्तिपुर टेलिभिजनसँग सम्झौता भइसकेको छ।
केडिया ग्रुपको आयोजनामा हुने नेपालकै पहिलो पुरुष फ्रेन्चाइज भलिबल लिग ‘उचाइको नयाँ उडान’ नारासहित सञ्चालन हुँदैछ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बहुउद्देश्यीय कभर्डहलमा भदौ १२ देखि २० गतेसम्म आयोजना हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |