TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 05, 2025 · Swadesh

युनाइटेडको बराबरीमा एमोरिम दिक्क

युनाइटेडको बराबरीमा एमोरिम दिक्क

म्यानचेस्टर युनाइटेडले बिहीबार इंग्लिस प्रिमियस लिगमा वेस्ट ह्यामसँग १–१ को बराबरी खेलेको छ र यो नतिजामा प्रशिक्षक रुबेन एमोरिमले दिक्क लागेको प्रतिक्रिया दिएका छन् ।


युनाइटेड फेरि एकपल्ट आफूले लिएको अग्रता जोगाउन असफल रहेको हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले डिएगो डालोटको गोलले ५८ औं मिनेटमा अग्रता लिएको थियो ।  


तर खेलको ८३ औं मिनेटमा  सोंगोटोउ मागासाले वेस्ट ह्यामका लागि बराबरी गोल गरे । यो नतिजापछि युनाइटेड १४ खेलबाट २२ अंकमा आठौं स्थानमा रह्यो । यो शीर्षबाट दुई अंक मात्रै टाढा हो ।


त्यसैले यो खेल जितेको भए युनाइटेडको स्थिति धेरै राम्रो हुने थियो, त्यसैले प्रशिक्षक एमोरिमले आफूलाई दिक्क लागेको बताएका हुन् । वेस्ट ह्याम भने अझै रेलिगेसन क्षेत्रमा छ र उसको १२ अंक मात्र रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →