← समाचारमा फर्कनुस्
युनाइटेडको जितमा फर्नान्डेसको निर्णायक गोल

काठमाडौं । कप्तान ब्रुनो फर्नान्डेसको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित हासिल गरेको छ।
युरोपा लिग अन्तर्गत शुक्रवार बिहान घरेलु मैदानमा भएको खेलमा युनाइटेडले रेन्जरमाथि २-१ को रोमाञ्चक जित हात पारेको हो। युनाइटेडको जितमा फर्नान्डेसले १ गोल गर्दा रेन्जरले १ गोल उपाहार स्वरुप दिएको थियो। पाहुना टोली रेन्जरका लागि भने सिरिल डेसेर्सले गोल गरे।
रेन्जरका गोलरक्षक ज्याक बट्ल्यान्डले ५२औं मिनेटमा बललाई आफ्नै पोस्टमा पुर्याए। रेन्जरले खेलको ८८औं मिनेटमा डेसेर्सको गोलमार्फत बराबरी गरेको थियो । तर, थप गरिएको समयमा कप्तान फर्नान्डेसले निर्णायक गोल गर्दै युनाइटेडलाई तीन अंक दिलाए।
जितसँगै युनाइटेड ७ खेलमा १५ अंकका साथ चौथो स्थानमा छ। पराजित रेन्जर ७ खेलमा ११ अंकका साथ १३औं स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |