← समाचारमा फर्कनुस्
रोनाल्डो बिना अल नासरको फराकिलो जित, मानेले गरे चार गोल

काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत फराकिलो जित हासिल गरेको छ।
नियमित कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको नासरले अल अखडोउडविरुद्ध ९(० को जित हासिल गरेको हो।
नासको जितमा साडियो मानेले ४ गोल गरे। त्यस्तै जोन डुरानले २ गोल गरे भने आयमान याहा र मोहमद मरानले एक एक गोल गरे।
त्यस्तै यस खेलमा खेलको ४७औं मिनेटमा पाउलो भिटोरले रातो कार्ड पाएपछि अल अखडोउड १० खेलाडीमा सिमित भएको थियो।
यो जितपछि अल नासर लिगमा तेस्रो स्थानमा उक्लिएको छ। अल नासरको ३१ खेलमा ६३ अंक भएको छ। त्यसैगरी अल अखडोउडको भने ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ। नासरले जारी सिजनका तीन खेल खेल्न बाँकी छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |