← समाचारमा फर्कनुस्
Football Oct 31, 2024 · Swadesh

म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

काठमाडौं । कारबाओ कपमा म्यानचेस्टर युनाइटडे कारबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा युनाइटेडले लेस्टर सिटीमाथि ५–२ हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो। 

केहि दिन अघिमात्रै प्रशिक्षक टेन हागलाई बर्खास्त गरेको युनाइटेडलाई अन्तरिम प्रशिक्षक रूड भान निस्टलरोयले सफल दिलाएका हुन्।

खेलमा युनाइटेडले सुरुदेखि नै दबाब बनाएको थियो। ब्राजिलियन मिडफिल्डर क्यासेमिरोले १५औं मिनेटमा ३० यार्ड दूरीबाट सानदार शट प्रहार गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

अलजाहेन्द्रो गार्नाचोले २८औं मिनेटमा गोल गरेपछि युनाइटेडको अग्रता दोब्बर भएको थियो। ३३औं मिनेटमा बिलाल एल अन्नोसले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने संकेत गरेका थिए।

तर, ३६औं मिनेटमा ब्रुनो फर्नान्डेस र ३९औं मिनेटमा कासमिरोले गोल गरेपछि युनाइटेड ४–१ ले अघि बढेको थियो। पहिलो हाफको अतिरिक्त समयमा लेस्टरका कोडीले गोल गर्दै अग्रता ४–२ मा झारेका थिए। 

दोस्रो हाफमा युनाइटेडले थप १ गोल गरेपछि ५–२ को नतिजा निस्कियो। युनाइटेडका ब्रुनो फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल ५९औं मिनेटमा गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →