← समाचारमा फर्कनुस्
मनाङ र आर्मीको विजयी सुरूआत

काठमाडौं । मनाङ मर्स्याङ्दी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा यु-१६ युथ लिगमा विजयी सुरुआत गरेका छन्।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा मनाङले श्री भगवती क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो।
मनाङलाई जित दिलाउन रोहन थापामगर र विवेक मगरले गोल गरे। श्री भगवतीका लागि सरुन महतोले गोल फर्काए।
खेलको ४०औं मिनेटमा रोहनको गोलमार्फत मनाङले अग्रता लिएको थियो। ५८औं मिनेटमा सरुनले श्री भगवतीलाई बराबरीमा ल्याए।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा विवेकले पेनाल्टीमार्फत गोल गर्दै मनाङलाई २-१ को रोमाञ्चक जित दिलाए।
यस्तै, दिनको दोस्रो खेलमा आर्मीले हिमालय शेर्पामाथि ३-१ को जित निकाल्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |