← समाचारमा फर्कनुस्
Football Jan 17, 2025 · Swadesh

डियालोको ह्याट्रिक, युनाइटेडको पुनरागमन जित

डियालोको ह्याट्रिक, युनाइटेडको पुनरागमन जित

काठमाडौँ । अमान्ड डियालोको सानदार प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बिहीबार साउथह्याम्पटनमाथि पुनरागमन जित हासिल गरेको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको जितमा डियालोले ह्याट्रिक गरे। साउथह्याम्पटनले एक गोल उपहारस्वरुप प्राप्त गरेको थियो।

खेलको ४२औं मिनेटमा म्यानुएल उगार्टेबाट आत्मघाती गोल हुन पुग्दा साथह्म्पटनले अग्रता लिएको थियो। तर, खेलको अन्त्यतिर डाइगोल चम्किँदा युनाइटेड विजयी भयो।

डियालोले ८२ र ९०औं मिनेट तथा इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे। बिहीबारै सम्पन्न अर्को खेलमा ब्राइटनले इप्सवीच टाउनमाथि २–० को जित दर्ता गर्यो।

जितसँगै २१ खेलमा २६ अंक जोडेको युनाइटेड १२औं स्थानमा छ। यता, पराजित साउथह्याम्पटन समान खेलबाट ६ अंकसहित पुछारमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →