← समाचारमा फर्कनुस्
Football Dec 15, 2025 · Swadesh

सिटीको लगातार चौथो जित

सिटीको लगातार चौथो जित

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार लगातार चौथो जित निकाल्दै आफूलाई उपाधि होडमा कायम राखेको छ । उसले क्रिस्टल प्यालेसलाई सजिलै ३–० ले हरायो ।


त्यसमा इर्लिङ हालान्डले दुई र फिल फोडेनले एक गोल गरे । यो जितपछि पेप ग्वार्डिओलाको सिटीको १६ खेलबाट ३४ अंक भएको छ । शीर्षमा आर्सनलको ३६ अंक रहेको छ ।


अन्य खेलमा नटिंघम फरेस्टले टोटनहमलाई ३–०, सन्डरल्यान्डले न्युकासल युनाइटेडलाई १–० र एस्टन भिल्लाले वेस्ट ह्यामलाई ३–२ ले हरायो । यस्तै ब्रेन्टफोर्ड र लिड्स युनाइटेडले १–१ को बराबरी खेले ।


भिल्ला ३३ अंकमा दोस्रोमा छ भने सन्डरल्यान्ड २६ अंकमा सातौं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →