← समाचारमा फर्कनुस्
सिटी र लिभरपुल रोकियो बराबरीमा

इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहेका म्यानचेस्टर सिटी र लिभरपुलले बिहीबार अलग अलग खेलमा निराशाजन बराबरी खेलेका छन् । यी नतिजा दुवै टिमका लागि घाटाको प्रदर्शन रहनेछ ।
सिटीले सन्डरल्यान्ड र लिभरपुलले लिड्स युनाइटेडसँग गोलरहित बराबरी खेलेको हो । अन्य दुई खेल पनि बराबरीमा टुंगिएका छन् । त्यसमा ब्रेन्टफोर्ड र टोटनहमले गोलरहित तथा क्रिस्टल प्यालेस र फुलहमले भने १–१ को बराबरी खेले ।

प्यालेसले जिन फिलिपे माटेटाको गोलले ३९ औं मिनेटमा अग्रता लिएका थिए । त्यसपछि फुलहमका लागि टम केनरीले ८० औं मिनेटमा बराबरी गोल फर्काए ।
सिटी ४१ अंकमा दोस्रो र लिभरपुल ३३ अंकमा चौथोमा स्थानमा छ । आर्सनल भने ४५ अंकमा शीर्ष स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women