← समाचारमा फर्कनुस्
Football Oct 21, 2024 · Swadesh

मालिकादेवी कप सुरु, पहिलो दिन चार खेल सम्पन्न

मालिकादेवी कप सुरु, पहिलो दिन चार खेल सम्पन्न

सिन्धुपाल्चोक । मेलचौर युवा जागरण समाजको आयोजनमा आज (सोमबार)बाट सुरु भएको चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन 'ए' साइड फुटलब प्रतियोगिता सुरु भएको छ। 

चौतारा साँगाचोकगढी-७ मेलचौर दरबार डाँडा खेल मैदानमा सुरु भएकाे प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएको छ। विजेता हरेक टिमका 'म्यान अफ द म्याच' खेलाडीलाई ट्रफीसहित नगद एक हजारले पुरस्कृत गरिएको थियो।

दिनको पहिलो खेलमा भिमटार बोइजलाई सुकुटे युवा जागरण मञ्चले ३–१ गोलले पराजित गरेको छ। 

सुकुटेको जितमा आर्यन काजी थापाले २, दिपेश बस्नेताले एक गोल थपे भने, भिमटारका लागि किरण माझीले गरेको गोल सान्त्वना बन्यो। यस खेलमा सुकुटेका आर्यन 'म्यान अफ द म्याच' घोषित भए।

यस्तै, दोस्रो खेलमा सिंहमती युवा क्लबले जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकलाई सडन डेथमा ४–३ ले पराजित गर्यो। 

निर्धारित ४० मिनेटको खेलमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो। 

पेनाल्टीमा पनि ३–३ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिएको हो। जसमा सिहंमतिले बाजी मार्यो। यस खेलमा सिंहमतीका राेशन थापा'म्यान अफ द म्याच' घोषित भए।

तेस्रो खेलमा साँगाचोक युथ क्लबले सिर्जनशिल युवा समाजलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। 

साँगाचोकको जितमा सागर रामुदामुले ह्याट्रिक पूरा गर्दा आयुष तामाङले दुई गोल गरे। जारी प्रतियाेगितामा याे पहिलाे ह्याट्रिक हाे। यस खेलको 'म्यान अफ द म्याच' सागर घोषित भए। 

यस्तै, दिनको अन्तिम तथा चौथो खेलमा वडा नम्बर-६ लाई वारियर्स एफसीले पेनाल्टी सुटआउटमा ४–५ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। 

निर्धारित ४० मिनेटको समयमा दुबै टोलीबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जसमा वारियर्स एफसीले बाजी मार्यो। यस खेलको 'म्यान अफ द म्याच' वारियर्स एफसीका सुजन माझी घोषित भए।

प्रतियोगिताको उद्घाटन समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा प्रमुख अतिथि, उप–प्रमुख सिता थापा, वडा नम्बर आठका वडा अध्यक्ष अमृत बहादुर दंगाल, वडा नम्बर साताका वडा अध्यक्ष डम्बर बहादुर तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत अन्य विशेष अतिथिको उपस्थिति रहेका थियो।

प्रतियोगिताको सबै खेलहरु नेप्लेज डटकमको फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

आगामी १० गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →