← समाचारमा फर्कनुस्
Football Oct 25, 2024 · Swadesh

चौथो मालिकादेवी कप : उपाधिका लागि सुनकोशी र धार्पा भिड्ने

चौथो मालिकादेवी कप : उपाधिका लागि सुनकोशी र धार्पा भिड्ने

सिन्धुपाल्चोक । चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन 'ए' साइड फुटबल प्रतियोगिताको उपाधिका लागि सुनकोशी 'बी' र धार्पा युवा क्लब भिड्ने भएका छन्। 

मेलचौर युवा जागरण समाजद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनलको खेलमा जित हासिल गर्दै सुनकोशी र धार्पा फाइनलमा प्रवेश गरेका हुन्। 

पहिलो सेमिफाइनलमा सुनकोशी 'बी' ले राई एफसीलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। 

निर्धारित ५० मिनेटको खेलमा दुबै टोलीबाट कुनै पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिएको थियो। 

यस खेलमा दुई पेनाल्टी सेभ गरेका सुनकोशीका गोलकिपर 'म्यान अफ द म्याच' घोषित हुँदै नगद एक हजार र ट्रफी हात पारे। 

यस्तै, दोस्रो सेमिफाइनलमा चौतारा स्पोर्टिङ क्लबलाई पेनाल्टीमा ३–४ गोल अन्तरले हराउँदै धार्पा एफसी फाइनलमा प्रवेश गरेको छ। 

निर्धारित ५० मिनेटको खेलमा दुबै टोलीबाट कुनै पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिएको हो। 

यस खेलमा दुई पेनाल्टी सेभ गरेका धार्पाका गोलकिपर सुनिल गोले खेलको 'म्यान अफ द म्याच' घोषित हुँदै नगद एक हजार र ट्रफी हात पारे। 

जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। उक्त फाइनलको विजेताले नगद एक लाख ५५ हजार ५५५ पाउने छ भने उपविजेताले नगद ७७ हजार ७७७ पाउने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →