← समाचारमा फर्कनुस्
Football Sep 27, 2024 · Swadesh

मालिकादेवी कप कात्तिक पहिलो साता

मालिकादेवी कप कात्तिक पहिलो साता

सिन्धुपाल्चोक। चौथो संस्करणको मालिकादेवी कप नकआउट सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता कात्तिक पहिलो साता हुने भएको छ।

मेलचौर युवा जागरण समाजको आयोजनामा हुने प्रतियोगिता कात्तिक ५ गतेबाट सुरु हुने भएको हो। आयोजकका अनुसार प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका सम्पूर्ण टोलीले सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ५५५ र उपविजेताले ७७ हजार ७७७ रुपैयाँ पाउनेछन्। पुरस्कार राशि तेस्रो संस्करणको तुलनामा ४४ हजार ४४४ रुपैयाँले बढाइएको आयोजकले जनाएको छ। गत वर्ष (तेस्रो संस्करण) रोयल फ्यामेली चौताराले जितेको थियो। जसमा पुरस्कार राशि एक लाख ११ हजार १११ रुपैयाँ थियो।

पहिलो संस्करणको उपाधि सुनौलो बिहानी अभियानले जितेको थियो। त्यस संस्करणको पुरस्कार राशि ६० हजार थियो भने दोस्रो संस्करणको उपाधि जितेको अधेरी युथ क्लब बलेफीले ८० हजार रुपैयाँ जितेको थियो। 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। साथै टिम ‘फेयर प्ले’ लाई अवार्डको व्यवस्था पनि गरिएको छ।

प्रतियोगितामा सहभागी टोलीले आगामी कात्तिक ३ गतेसम्म टिम दर्ता गर्नसक्ने छन्। टिम दर्ता शुल्क पाँच हजार लाग्ने आयोजकले जनाएको छ। 

प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौर दरबारडाँडा खेलमैदानमा हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →