← समाचारमा फर्कनुस्
अस्ट्रेलियाविरुद्ध महमुद घातक सावित

बंगलादेशले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको पहिलो दिन बुधबार बलियो सुरुआत गरेको छ र यसको नायक रहे, फास्ट बलर हसन महमुद । उनले छ विकेटको उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलियाको पहिलो इनिङ्स सस्तोमै समेटिएको थियो ।
डारविनमा दिनको खेल समाप्त हुँदा बंगलादेशले एक विकेटको क्षतिमा ९६ रन बनाएको छ र अब १ सय २ रनले मात्र पछाडि छ । बंगलादेशका लागि तनजिद हसन ३२ र मोनिमुल हक ३५ रन बनाएर खेलिरहेका छन् । उनीहरूले ६० रनको ठोस साझेदारी गरिसकेका छन् ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलिया १ सय ९८ रन बनाएर अलआउट भएको थियो र त्यसमा स्टिभ स्मिथले सर्वाधिक ७१ रन बनाए । महसमुदले ५५ रन खर्चेर छ विकेट लिए । उनलाई बलियो साथ दिने क्रममा तास्किन महमद र एबादत हुसेनले दुई दुई विकेट लिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |