← समाचारमा फर्कनुस्
मानचिनी बने इटालीका प्रशिक्षक

रोबर्टो मानचिनी इटालीको राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । उनले इटालीको टिम समहाल्न लागेको यो दोस्रो पल्ट हो । इटालीको फुटबल संघका अध्यक्ष जियोभानी मालागोले मानचिनीको नियुक्तिको घोषणा गरेका हुन् ।
यस्तै इटालीको राष्ट्रिय टिमको प्राविधिक निर्देशकमा क्लाउडियो रेनेरीलाई नियुक्त गरिएको छ । यसअघि यो जिम्मेवारीमा पाओलो माल्दिनी थिए । इटाली विश्व फुटबलको महाशक्ति रहेको छ, तर विश्वकपको पूर्व विजेता पछिल्ला तीन संस्करणमा छनोट हुन असफल रहेको थियो ।
पछिल्लो विश्वकप छनोटको प्ले अफमा इटाली बोस्निया एन्ड हर्जगोभिनासँग पराजित भएपछि प्रशिक्षक जेनारो गटुसोले आफ्ना पद छाडेका थिए । यसअघि ६१ वर्षीय मानचिनीले यसअघि सन् २०१८ देखि २०२३ सम्म इटालीको टिम हेरेका थिए र टिम सन् २०२० को युरो च्याम्पियन पनि भएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |