← समाचारमा फर्कनुस्
Football Jan 16, 2025 · Swadesh

मछिन्द्रमाथि थ्री स्टारको सहज जित

मछिन्द्रमाथि थ्री स्टारको सहज जित

काठमाडौं  । एन्फा यु-१६ युथ लिगमा थ्री स्टार क्लबले मछिन्द्र क्लबमाथि सहज जित हासिल गरेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार भएको खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० गोलले पराजित गरेको हो।

थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम र भुपेन्द्रबहादुर राउतले गोल गरे।

खेलको ३७औं मिनेटमा सिर्जनको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो। ४४औं मिनेटमा राजले टोलीको अग्रता दोब्बर बनाए।

यस्तै, भुपेन्द्रले ६३औं मिनेटमा गोल गर्दै थ्री स्टारको सहज जित पक्का गरे।

जितसँगै थ्री स्टारले चार खेलबाट १० अंक जोडेको छ। पराजित मछिन्द्रको समान खेलबाट ६ अंक छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →