← समाचारमा फर्कनुस्
मछिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र एफसीले तेस्रोपटक जितेको छ
दशरथ रंगशालामा सोमबार सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जितेको हो।
मछिन्द्रको जितमा सनिश श्रेष्ठ र स्टेफेन जमाहाले एक गोल गरे।
खेलको २९औं मिनेटमा मछिन्द्रका सनिस श्रेष्ठले अग्रता दिलाएका थिए। स्टेफेनले ७३औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जित्यो।
उपाधि जितेको मछिन्द्रले १५ लाख ११ हजार एक सय ११ प्राप्त ग¥यो। फाइनलमा पराजित भएको आर्मीले ५ लाखमा चित्त बुझाउनुप¥यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |