← समाचारमा फर्कनुस्
Football Mar 26, 2025 · Swadesh

तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा मच्छिन्द्र

तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा मच्छिन्द्र

बुटवल । मच्छिन्द्र फुटबल क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा मच्छिन्द्रले एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

बराबरीतर्फ उन्मुख खेलमाराजीव लोप्चनले निर्णायक गोल गरेका हुन् । उनले ८८औं मिनेटमा गरेको गोल नै खेलमा निर्णायक बनेको थियो । फ्रिककमार्फत आएको बललाई विवेक राईले बक्सबाहिरबाट भलिको प्रयास गरेका थिए । तर, राम्रोसँग कनेक्ट नहुँदा राजीवलाई गोल गर्ने अवसर जुरेको हो । जसलाई उनले बिनागल्ती पहिलो बारतर्फ गोल गरे ।

खेलको ‘म्यान अफ द म्याच’ पनि राजीव नै घोषित भए । उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरे । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा विभागीय टोली एपिएफ र संकटा क्लब भिड्ने भएका छन् । यी दुईबीचको खेल बुधबार अपरान्ह्र ४ बजे हुनेछ । 

एपिएफले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० र संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । 

दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडले मच्छिन्द्रलाई चुनौती प्रस्तुत गर्ने भएको छ । यी दुईबीचको खेल भने बिहीबार हुने तय छ । दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →