← समाचारमा फर्कनुस्
Football Feb 25, 2025 · Swadesh

मछिन्द्र केपी ओली कप च्याम्पियनसिपको सेमिफाइनलमा

मछिन्द्र केपी ओली कप च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ। 

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मगलबार सम्पन्न दाेस्राे खेलमा मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। 

मछिन्द्रको जितमा स्टेफेन जलिले निर्णायक गोल गरे। स्टेफेनले खेलको ८०औं मिनेटमा सनिस श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए। मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी एफसीसँग प्रतिष्पर्धा गर्नेछ। यसअघि मगलबार भएकाे पहिलो खेलमा एपिएफलाई पराजित गर्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो। 

प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्। फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →