← समाचारमा फर्कनुस्
Football Nov 28, 2025 · Swadesh

लियोन, मिडट्जल्यान्ड र भिल्ला अगाडि

लियोन, मिडट्जल्यान्ड र भिल्ला अगाडि

युरोपा लिगमा बिहीबार रातिका खेलपछि लियोन, मिड्टजल्यान्ड र एस्टन भिल्ला समान १२ अंकसहित शीर्ष स्थानमा रहेका छन् । यससँगै उनीहरूको नटआउट चरणका लागि स्वतः छनोट हुने सम्भावना बलियो पनि भएको छ । फ्रान्सको लियोनले मकाबी टेल अभिभलाई सजिलै ६–० ले हरायो ।


त्यसमा कोरेन्टेन टोलिसोले ह्याट्रिक गरे । डेनिस क्लब मिडट्जल्यान्ड भने एएस रोमाको हातबाट २–१ ले पराजित रह्यो र यससँगै उसको शतप्रतिशत सुरुआतको क्रम रोकियो । यो खेल जितेको भए, मिडट्जल्यान्डसामु एक्लै शीर्षमा रहने अवसर थियो ।


इंग्लिस प्रिमियर लिग क्लब भिल्लाले भने योङ ब्वाइजलाई २–१ ले पराजित गरेको हो । यसमा दुवै गोल डोनयल मालेनले गरे । लिग तालिकामा फ्राइबर्ग, रियल बेटसि र फेरेनभारोस समान ११ अंकमा चौथोदेखि छैटौं स्थानमा रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →