← समाचारमा फर्कनुस्
Football Dec 11, 2024 · Swadesh

लुम्बिनी एनपीलबाट बाहिरियो

लुम्बिनी एनपीलबाट बाहिरियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायान्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। 

बुधबार त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९‍.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो। 

लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। उनी २९ बलमा दुई चौका प्रहार गर्दै करण केसीको बलमा क्याच आउट भए। उनमुक्त चन्दले १३ रन बनाउँदा सुर्य तामाङले ११ रनको योग्दान दिएपनि टिमलाई जित दिउन सकेनन्। कप्तान रोहित आठ रनमा आउट भए।

काठमाडौँका लागि कप्तान करण केसीले चार विकेट लिँदा दिपेश कण्डेलले तीन विकेट हात पारे। 

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.२ ओभरमा १०३ रन बनाउँदा सबै विकेट गुमाएको थियो। 

काठमाडौँका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए। उनले ४० बलमा एक चौका प्रहार गरे। भीम अभिषेस गौतमको बलमा आउट भएका हुन्। 

ड्यान ड्वाथवेट पाँचौ विकेटका रुपमा २१ रन जोड्दै आउट भएका थिए। २४ बलको सामना गरेका ड्याथवेट विवेक यादवको बलमा कप्तान रोहित पौडेलबाट क्याच भएका थिए। 

काठमाडौंका लागि पहिलो विकेटका रुपमा माइकल लेभिट रनको खाता नखोली आउट भए। दोस्रो विकेटका रुपमा स्टेफन स्केनाजी १३ रनमा आउट भए। स्केनाजी १६ बलको सामना गर्दै अभिषेस गौतमको बलमा आउट भए। 

काठमाडौंले तेस्रो विकेटका रुपमा जेहार्ड एरास्मस १ रन बनाउदै आउट भए। एरास्मस ४ बल खेल्दै साद विन जाफरको बलमा आउट भए। 

सातौं विकेटका रुपमा काठमाडौंका कप्तान करण केसी सुर्य तामाङको बलमा आउट भए। लुम्बिनीका लागि साद विन जाफरले ३ तथा अभिषेस गौतम र रेमन सिमण्डसले समान २ विकेट लिए। 

काठमाडौँसँग पराजय ब्यहोरेको लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। मंगलवार भने चितवनलाई पराजित गरेको थियो।

जितसँगै चार खेलमा दुई हार र दुई जित साथ काठमाडौं तालिकाको चौथो स्थानमा उक्लिएको छ। यो जितले काठमाडौं प्लेअफ सम्भावना बलियो बनेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →