खुसी र गर्वले लिभरपुल छाडेका डियाज

फुटबलमा कहिलेकाहीं केही खेलाडीको ‘ट्रान्सफर’ सुखद नै हुने गर्छ । त्यसो त कुनै पनि क्लबले एउटा खेलाडी अर्को क्लबसँग गुमाउनुमा खुसी त कहाँ हुन्छ र ? लुइस डिजायको लिभरपुलबाट बायर्न म्युनिकको स्थानान्तरण भने खुसी र गर्वले भरिएको नै रह्यो ।
हालै यी कोलम्बियाली खेलाडी छ करोड ५५ लाख पाउन्डको मूल्यमा इंग्लिस च्याम्पियनबाट जर्मन च्याम्पियनतिर लागे । यस लगतै लिभरपुल प्रशिक्षक आर्ने स्लटको पहिलो प्रतिक्रिया थियो, ‘हामीले डिजायलाई मिस गर्नेछौं ।’ जति समय यी खेलाडी लिभरपुलमा रहे, समर्थकमाझ लोकप्रिय रहे ।
उनले पनि भनेका छन्, ‘म लिभरपुलमा ठूलो सपना बोकेर आएको थिएँ । छोड्दा म धेरै उपलब्धीको खुसी साँचेर जाँदैछुं । लिभरपुल साँच्चै एउटा विशेष क्लब हो, यो मेरो मुटुमा जहिले पनि रहनेछ ।’ सन् २०२२ मा उनी पोर्टोबाट लिभरपुल आएका थिए ।
लिभरपुल छँदा उनले चार ठूला प्रतियोगिता जिते, त्यसमध्ये सबैभन्दा ठूलो त पछिल्लो इंग्लिस प्रिमियर लिग नै रहनेछ । उनले एनफिल्ड क्लबका लागि १ सय ४८ खेलमा ४१ गोल गरे । क्लब छाड्न अगाडि कार दुर्घटनामा डिएगो जोटालाई गुमाएको क्षणलाई पनि उनले असाध्यै दुःख मानेका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |