← समाचारमा फर्कनुस्
Football Jul 29, 2025 · Swadesh

लुइस डियाज बायर्नमा

लुइस डियाज बायर्नमा

काठमाडौँ । लिभरपुल छोडेका कोलम्बियाका लेफ्ट विंगर लुइस डियाज बायर्न म्युनिख पुगेका छन्। 

जर्मनी च्याम्पियन बायर्नले डियाजलाई लिभरपुलबाट ७५ मिलियन युरोमा किन्न सहमत भएको छ। बायर्नले डियाजलाई ४ बर्षका लागि भित्र्याएको छ। अब डियाजले बायर्नका लागि मेडिकल गरेर सम्झौतालाई औपचारिकता दिने छन्।

२८ बर्षिय डियाज २०२१ मा पोर्चुगिच क्लब पोर्टोबाट लिभरपुल आएका थिए। उनले लिभरपुलमा १४८ खेल खेल्दै ४१ गोल गरेका छन्। लिभरपुलमा डियाजले २०२१-२२ सिजनमा च्याम्पियन्स लिग, गत सिजनमा प्रिमियर लिग, दुई इएफएल कप तथा एफए कप र कम्युनिटी शिल्ड जितेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →